दाउन्नेको सडक दुई तर्फी खुल्यो
नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड भासिएर अवरुद्ध सडक सञ्चालनमा आएको छ ।
सडक मर्मत गरी साढे ११ बजेदेखि सञ्चालनमा आएका नवलपुर प्रहरीले जनाएको छ ।
रातिदेखि परेको झरीले डाउन्ने खुर्सानी खोलामा सडक करिव ४ फिट भासिएका कारण बिहान साढे ५ बजेदेखि राजमार्ग पूर्ण रपमा अवरुद्ध भएको थियो ।
सामान्य पानी पर्दा पनि चिल्लिएर गाडी गुड्न नसक्ने र ठूलो पानी पर्दा सडक भासिने र पहिरो जाने समस्याका कारण यो मार्ग भएर यात्रा गर्नु निक्कै कष्टकर हुँदै आएको छ ।
चिनीयाँ ठेकेदार कम्पनीले विस्तारका लागि सडक भत्काएको तर समयमै मर्मत नगर्दा वर्षामा थप समस्या हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताए ।