नवलपुरमा बाघको आक्रमणबाट एक जना घाइते


file photo


रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका १ बेलुवामा बाघको आक्रमणमा परी एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट १ बेलुवा निवासी ३८ बर्षीय दिपेन्द्र शेर्पुन्जा घाइते भएका हुन् ।
आज विहान बेलुवाका त्रिकोण सामुदायिक वनमा घाँस काट्ने क्रममा बाघले आक्रमण गरी घाइते भएका उनलाई उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताले कावासोती १६ डण्डा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।
उनको दाहिने हात, छाती र ढाडमा चोट लागेको छ । बाघले आक्रमण गरेपछि उनी भागेर ज्यान बचाउन सफल भएको स्थानीयले जनाएका छन् । साथै बाघ जंगलतर्फ गएको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...