नवलपुरमा सर्पदंशका कारण २ जना विरामी




रामकुमार श्रेष्ठ –

नवलपुर । नवलपुरमा सर्पदंशका कारण दुई जना विरामी परेका छन् ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ सिर्जना टोल निवासी २० बर्षीय सुमित परियार सर्पदंशका कारण विरामी परेका छन् ।

सुमित परियारलाई घर नजिकै मोटरसाइकल पार्किङ गर्नको लागि ढुङ्गा साईट लगाउने क्रममा प्रजाती नखुलेको सर्पले बाँया हातमा टोकी बिरामी भई उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा लगिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी नवलपुरको मध्यबिन्दु नगरपालिका ११ खयरताल बस्ने मन्जु कुमालको छोरा वर्ष ११ को श्रिस कुमाल पनि सर्पदंशका कारण विरामी परेका छन् ।

घर बाहिर खुल्ला शौच गर्ने क्रममा प्रजाती नखुलेको सर्पले निजको देब्रे खुट्टाको पन्जामा टोकी बिरामी भई उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा ल्याएको प्रहरीले जनाएको छ । दुवै जनाको अवस्था मध्यम रहेको छ ।

साइकलबाट लडि घाइते

नवलपुर । नवलपुरको कावासोती ७ टरुवाका ७५ बर्षीय मित्रलाल खत्री साइकल चलाउने क्रममा लडेर घाइते भएका छन् ।

टरुवा स्थित भित्रि सडक खण्डमा साईकल चलाउने क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको प्रहरीले जनाएको छ ।

घाईतेको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...