मध्यविन्दुका किशोरीहरुले आफै सिके सेनेटरी प्याड बनाउने तालिम 




नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकामा किशोरीहरुको लागि यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी सरसफाई तथा स्वच्छता र घरमा नै निर्माण गर्न सकिने र पुन प्रयोग गर्न सकिने प्याड बनाउने सिकेका छन् ।



मध्यविन्दु नगरपालिकामा जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालनसँगको साझेदारीमा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गतका ३० जना साथी शिक्षकहरुले यो सिप सिकेका हुन् ।

जागृति बाल तथा युवा सरोकार नेपालका कार्यक्रम अधिकृत राधादेवी बोटेका अनुसार किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत छनौट भएका किशोरीहरुलाई विभिन्न विषयहरुमा विभिन्न चरणहरुको तालिम प्रदान गरी सीप सिकेकाहरुबाट विद्यालय र समुदायस्तरमा सिकाउने र छलफल गर्ने गरी तालिम प्रदान गरिएको हो ।
संस्थाका महासचिव दिपक शर्माले आफूहरुले किशोरीहरुलाई आत्मसुरक्षा, नेतृत्व विकास, हिंसा, शोषण र दुव्र्यवहारबाट बच्ने उपायहरु, बाल अधिकार, किशोरी अधिकार, द्वन्द्वको समाधान सम्बन्धी जीवनउपयोगी सिपका तालिमहरु समेत सञ्चालन गरिएको बताए ।


सम्बन्धित
Loading...