नवलपुरमा भएको सवारी दुर्घटनामा ५ जना घाईते

नवलपुर – नवलपुरको दुई छुट्टाछुट्टै ठाउमा भएको सवारी दुर्घटनामा ५ जना घाईते भएका छन ।
नवलपुरको गैडाकोट नगरपालिका वडा नं. १२ हर्कपुर स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाईकल एकआपसमा ठक्कर खादा भएको सवारी दुर्घटना ५ जना घाईते भएका छन् ।
भेडाबारीबाट रजहरतर्फ जादै गरेको बा.प्र ०६ ००२ प ८८३७ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ जादै गरेको ग.प्र ०४ ००१ प ३४९५ नमबरको मोटरसाईकलले ठक्कर दिई दुर्घटना हुदा ३ व्यक्ति घाईते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकल चालक गैडाकोट नगरपालिका वडा नं. १५ बुद्धचोक निवासी ४७ वर्षिय अर्जुन काफ्ले, अर्का मोटरसाईकल चालक गैडाकोट नगरपालिका वडा नं. १४ निवासी १८ वर्षिय निरज सापकोटा र मोटरसाईकल पछाडी सवार गैडाकोट नगरपालिका वडा नं. १४ निवासी ४३ वर्षिया राधिका सापकोटा घाईते भएका छन् ।
घाईतेहरुको सिता मेडिकलमा उपचार भैरहेको र अवस्था मध्यम रहेको नवलपुर प्रहरीले जनाएको छ । दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी नवलपुरको कावासोती नगरपालिका वडा नं. १४ थारुडण्डास्थित भित्रि सडक खण्डमा कोल्हुवाबाट डण्डातर्फ आउदै गरेको ग प्र ०४ ००१ प ५८२४ नम्बरको स्कुटर चालकले नियन्त्रण गुमाई सडक छेउमा पल्टिन जादा २ जना घाईते भएका छन् ।
दुर्घटनामा स्कुटर चालक कावासोती नगरपालिका वडा नं. १४ थारुडण्डा निवासी ३५ वर्षिया नानुमाया थनेत र स्कुटर पछाडी सवार निजको छोरी ८ वर्षिया रिहाना महतो घाईते भई उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको र अवस्था मध्यम रहेको नवलपुर प्रहरीले जनाएको छ ।