नवलपुरमा चोरीको सुन खरिद गर्ने साहू सहित २ जना पक्राउ
नवलपुर ।
नवलपुर प्रहरीले चोरीको सुन खरिद गर्ने सुन पसले सहित २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले सुन पसलेले चोरीको सुन विना विल पनि चलनचल्तीको भाउ भन्दा सस्तोमा खरिद गर्ने खुल्न आएको बताए ।
प्रहरीले कावासोती २ मा रहेको न्यू राहुल सुनचाँदी पसलका सञ्चालक राजेश विसी र सुन चोरीमा सम्लग्न कावासोती १७ गोछडा निवासी २३ बर्षीय सुस्मा महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।
सुस्मा महतोले विवाहमा जाँदा देवचुली नगरपालिका २ निवासी अमृता चौधरीको कोठाबाट करिब २ तोला सुन चोरी गरेको र उक्त सुन उनले कावासोती २ मा रहेको न्यू राहुल सुनचाँदी पसलमा विक्री गरेको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेको २ जनालाई चोरी कसूरमा नवलपुर जिल्ला अदालतबाट १० दिनको म्याद लिई घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।