कालीगण्डकी कोरिडोरमा कार र बस ठक्कर खाँदा ४ जना घाइते




नवलपुर । कालीगण्डकी करिडोर अन्तरगत नवलपुरको बौदीकाली गाउँपालिका ३ खैरेनीमा कार र बस एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् ।

बौदीकाली गाउँपालिका ३ खैरेनी स्थित कालीगण्डकी करिडोर सडक खण्डमा पाल्पा रामपुरदेखि डेढँगाउतर्फ आँउदै गरेको ग २ च ९५४६ नम्बरको कार र गैडाकोटदेखि पाल्पा तर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०४३८ नम्बरको बस एक आपसमा ठक्कर खाएको हो ।




दुर्घटनामा परेका ४ जनाकै अवस्था मध्यम रहेको र उनीहरुलाई उपचारका लागि रामपुर अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी कार चालक तनँहु जिल्लाको भिमाद नगरपालिका ६ निवासी २३ बर्षीय विवेक शाह, कारमा सवार ६८ बर्षीय पदमराज जोशी, ५८ बर्षीय जंग बहादुर राना र तनहूँको ब्यास नगरपालिका ५ निवासी ४९ बर्षीय केशव रुचाल घाइते भएका छन् ।

बस र बस चालक पाल्पाको रम्बा गाउँपालिका १ निवासी ३७ बर्षीय संजय प्रसाई प्रहरी नियन्त्रणमा रहेको नवलपुर प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...