नारायणीमा पौडी खेल्ने क्रममा डुबेर एक पुरुष बेपत्ता
भरतपुर । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना युवक वेपत्ता भएका छन् ।
चितवनको भरतपुर महानगरपालिका वडा नं–४, गैँडाचोकमा पौडी खेल्ने क्रममा डुबेर एक पुरुष बेपत्ता भएका हुन ।
बाराको जितपुर सिमरा–१७ घर भई हाल भरतपुर–४ स्थित चामल फ्याक्ट्रीमा काम गर्ने २० वर्षीय देवानन्द चौधरी नारायणी नदीमा पौडी खेल्नेक्रममा डुबेर बेपत्ता भएका हुन् ।
उनको खोजतलास कार्य भइरहेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।