नवलपुरमा सर्पदंशबाट दुई जना विरामी




नवलपुर । नवलपुरमा पछिल्लो २४ घण्टामा सर्पदंशका कारण २ जना विरामी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसरा नवलुरका कावासोती र मध्यविन्दुमा गरी २ जना विरामी परेका हुन् ।




नवलपुरको कावासोती नगरपालिका वडा नं. १७ गोछाडा निवासी १८ बर्षीया सरिस्मा पौडेल र मध्यविन्दु १० झ्यालटुङ डाँडा निवासी ८२ बर्षीय दिलबहाादुर कुँवर मगर विरामी परेका हुन् ।

कावासोतीका पौडेललाई आफ्नै घरको आँगनमा प्रजाति नखुलेको सर्पले दाहिने खुट्टामा डसेको र मध्यविन्दुका दिलबहादुर कुँवरलाई घर नजिकै बारीमा घाँस काट्न जाँदा प्रजाति नखुलेको सर्पले डसेको जनाएको छ ।

उनीहरु दुवै जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भईरहेको छ ।

 

 



सम्बन्धित
Loading...