गैडाकोटमा हतियार देखाइ लुटपाट 


armed robbery attorney in orange county ca


कुसुम परियार  –

नवलपुर । नवलपुरको गैडाकोटमा गएराति हतियार देखाई लुटपाट भएको छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका १ मिलन मार्ग निवासी सरिता पौडेलको घरबाट करिब ४ तोला सुन लुटेका छन् ।

अन्दाजी राती २ बजेको समयमा घरमा ढोका खुल्ला छोडी बाहिर गएको समयमा अज्ञात ३ जना व्यक्तिहरु घरमा पसी चक्कु देखाई डर त्रास तथा धाक धम्की देखाई गरगहना निकाल्न लगाई लुटेका हुन् ।

 घटनास्थलमा प्रहरीले छानविन गर्दा माईली तिलहरी १ थान, सिक्री २ थान, झुम्का, टप लगायत  अन्य गरगहना गरि अनदाजी ३,४ तोला सुनको गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...