नवलपुरबाट ३० अर्ब ६९ करोड राजश्व संकलन, सबैभन्दा बढी कर कार्यालयले उठायो




नवलपुरबाट आर्थिक वर्ष २०८१/८२ मा ३० अर्बभन्दा बढि राजश्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा संघीय तथा प्रदेश सरकारलाई हस्तान्तरण हुने ३० अर्ब ६९ करोड ६६ हजार ५६ लाख ६३८ रुपियाँ राजश्व संकलन भएको हो ।

कार्यालयका कोष नियन्त्रक जीत नारायण महतोका अनुसार गत आव २०८१/८२ मा संघ तर्फ ३० अर्ब ११ करोड ७७ लाख ५८२ रुपियाँ राजश्व संकलन भएको हो ।




संघतर्फ सबैभन्दा धेरै राजश्व आन्तरिक राजश्व कार्यालय कावासोतीले संकलन गरेको छ । यो कार्यालयले २९ अर्ब ९५ करोड ३९ लाख ७ हजार ५४१ रुपियाँ संकलन गरेको हो ।

त्यसैगरी नवलपुरबाट प्रदेश सरकारलाई हस्तान्तरण हुने राजश्व ५७ करोड ८९ लाख ५६ हजार ५५ रुपियाँ संकलन भएको कोष नियन्त्रक महतोले जानकारी दिए ।

महतोका अनुसार गत आवमा प्रदेश सरकारलाई हस्तान्तरण हुने राजश्व मध्ये सबैभन्दा धेरै यातायात व्यवस्था कार्यालयले संकलन गरेको हो । यो कार्यालयले गत आव २०८१/८२ मा २८ करोड ४५ लाख ८७ हजार ९८ रुपियाँ राजस्व संकलन गरेको हो ।



सम्बन्धित
Loading...