समता स्कूल कावासोतीका आज प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन
नवलपुर । समता स्कुल कावासोतीले शैक्षिक वर्ष २०८२ को प्रथम त्रैमासिक परीक्षाको नतिजा आज सार्बजनिक गरेको छ।
नेपाल प्याप्सनका पुर्व सह कोषाध्यक्ष तथा कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दिपकराज लम्सालको प्रमुख आथित्यतामा नतिजा प्रकाशन भएको हो ।
कार्यक्रममा कक्षा नर्सरी देखी कक्षा १० सम्मका प्रत्येक सेक्सनमा अध्ययनरत विद्यार्थीहरुलाई अभिभावकहरूको प्रत्यक्ष उपस्थितिमा प्रत्यक कक्षाका ५ जना सर्वोत्कृष्ठ विद्यार्थीहरुहरूलाई पुरस्कार बितरण गरिएको विद्यालयको प्रिन्सिपल महेश भुर्तेलले बताए ।
त्यसैगरी हरेक कक्षाका ४÷४ जना विद्यार्थीहरुहरूलाई सर्बोत्कृस्ट हस्तलेखन र उत्कृस्ट प्रस्तुतिकरणमा सम्मान गरीएको छ। कार्यक्रममा बिद्यार्थीहरूले स्वागत मन्तब्य, नृत्य प्रस्तुती, कला प्रदर्सनी समेत गरेका थिए भने २०८१ सालको नगरपालिका स्तरीय कक्षा ५ र ८ तथा एसईई २०८१ मा उत्कृस्ट नतिजा दिने शिक्षकहरुलाई नगद सहित पुरस्कृत गरिएको छ।
कार्यक्रममा प्रिन्सिपल महेश भुर्तेलले संस्थापक उत्तम संजेल सरको संकल्प अनुरूप अब २ बर्ष भित्र समता स्कुल कावासोतीलाई गुणस्तरीय शिक्षासंगै सामुदायिक स्कूलहरूले भन्दापनि अत्यन्त कम शुल्कमा कावासोती नगरपालिकाको सबैभन्दा धेरै भौतिक सुबिधा सम्पन्न स्कुल बनाई छाड्ने घोषणा गर्नुभएको छ।