विद्या भण्डारी पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्ष खरेल निलम्बित




बुटवल । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बनमा परेका छन् ।

संघले खरेललाई एक वर्षका लागि निलम्बन गरेको हो । साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ ।




रुपन्देहीको देवदहका खरेललाई राष्ट्रिय युवा संघ नेपालको विधान २०४७ ९दशौं राष्ट्रिय महाधिवेशन, २०८२ जेठ ९–११, पोखरा, कास्कीद्वारा संशोधितको धारा ४१ तथा धारा ४२ ९क० र ९ख० बमोजिम संगठनका सम्पूर्ण जिम्मेवारीहरूवाट पदमुक्त गर्दै, एक वर्षका लागि संगठनबाट निलम्बन गर्ने निर्णय गरिएको महासचिव रमेश चौलागाईले जारी गरेको पत्रमा उल्लेख छ ।

संघको पोखरामा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा स्पष्टीकरण सोधिएकोमा खरेलले गैरजिम्मेवार र अराजक जवाफ पठाएको, केन्द्रको निर्देशन अवज्ञा गर्दै प्रदेश कमिटीको सचिवालय बैठक राखेको र स्वेच्छाचारी तथा मनोमानी गतिविधि गरेको आरोप लगाइएको छ ।

खरेलसँग सोधिएको स्पष्टीकरणमा १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमण्डलका सदस्यहरूमाथि अशिष्ट र अभद्र व्यवहार गरेको, प्रतिनिधिहरूलाई धम्काएको र सामाजिक संजालमा पार्टी नेतृत्वनाई लाञ्छना लगाउने र मानहानी गर्ने लगायतका गतिविधि गरेर पार्टी तथा संगठनको हितमा नकारात्मक असर पारेकोले तीन दिनभित्र भौतिकरुपमा उपस्थित भई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको थियो ।

खरेलले भौतिकरुपमा उपस्थित नभई इमेलमार्फत तीन पेज लामो स्पष्टीकरण दिंदै आफूमाथि लगाइएको सबै आरोप अस्वीकार गरेका थिए ।

 



सम्बन्धित
Loading...