नवलपुरमा सवारी दुर्घटनामा बालक गम्भीर घाइते




रामकुमार श्रेष्ठ – 
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ डाँडाजोरमा मोटरसाइकलको ठक्करबाट ६ बर्षीय बालक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको दुम्किबासबाट सर्दी जाँदै गरेको ग. प्र. ०४–००१ प ३७४२ नम्बरको मोटरसाइकलले विनयी त्रिवेणी गाउँपालिका २ डाँडाजोर स्थित भित्री पक्क सडक खण्डमा स्थानीय स्वरुप पौडेलका छोरा ६ बर्षीय बालक शिशिर पौडेललाई ठक्कर दिएको हो ।




दुर्घटनामा परी बालक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बालकको सेन्ट्रल अस्पताल भरतपुर चितवन उपचारको लागि पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।
मोटरसाइकल र मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको छ ।



सम्बन्धित
Loading...