नारायणीमा हाम फालेका युवकको पहिचान




रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका २ स्थित नारायणी नदीमा फाल हालेर एक जना युवक वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार युवक पुलबाट नदीमा फाल हालेर वेपत्ता भएका हुन् ।




विहान सवा ६ बजेतिर वेपत्ता भएका उनको खोजीकार्य जारी रहेको र अझै फेला नपरेको नवलपुर प्रहरीले जनाएको छ ।

युवक व्यक्ति साईकल र चप्पल पुलमा छोडि नदीमा हाम फालेको भन्ने खवर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैडाकोटको प्रहरी रसशस्त्र प्रहरी वल १७ नं. गण आँपटारी चितवनबाट खटिएको ९ गोताखोर टोलीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

यसैबीच वेपत्ता युवक नवलपुरको गैडाकोट ५ कुसुमघाट निवासी रहेको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कक्षा ९ मा अध्ययनरत १५ बर्षीय आदेश श्रेष्ठ हुन् ।

उनका मामाका अनुसार उनी विहानै घरबाट कसैलाई केही नभनी निस्केका थिए । उनका बुवा, आमा र दाजु जापानमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ । युवकको खोजी कार्य जारी रहेको छ ।



सम्बन्धित
Loading...