मध्यविन्दुमा विद्यालय भवनको भवन उद्घाटन
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १५ गडारखोला स्थित ध्रुबतारा प्राविको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यष चोल बहादुर चौधरीको अध्यक्षता, गण्डकी प्रदेशका प्रदेश सभा सदस्य तथा गण्डकी प्रदेश सामाजिक तथा कृषि समितिका सभापति दमयन्ती रूचाल रितुको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा मध्यविन्दु–१५ का वडा अध्यक्ष यम बहादुर के.सी., समाजसेवी शिक्षाप्रेमी केदार प्रसाद पराजुली, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष होम बहादुर गुरूङ, नगर कार्यपालिका सदस्य कृष्ण प्रसाद वि क, वाईसिएल नेपालका केन्द्रिय सचिब तथा नेकपा (माओवादी केन्द्र) मध्यविन्दु नगर समितिका अध्यक्ष अनन्त अधिकारी, नवलपुर बहुमुखी क्याम्पसका प्रमुख मुनादेवी लम्साल, समाजसेवी बुद्दिजिवि हरि पाण्डे, नेकपा (माओवादी केन्द्र) नगर उपाध्यक्ष बाबुराम घिमिरे लगायत सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा २ कोठे भवन उद्घाटन भएको हो ।
उक्त भवनको लागि माननीय दमयन्ति रूचालले सांसद बिकास कोषको बजेट बिनियोजन गरेका हुन् । भवन उद्घाटन पछि बोल्दै उनले आफूले यस क्षेत्रमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।