मधेशमा मध्यमदेखि धेरै भारी वर्षा, कालीगण्डकीमा आएको बाढी सतर्कताको तहमा




सुक्खाग्रस्त बनेको मधेशमा केही दिनदेखि लगातार भारी वर्षा भएको छ । सरकारले नै संकटग्रस्त घोषणा गरेको मधेशमा वर्षा भएपछि किसानलाई राहत भएको छ ।

पछिल्लो २४ घण्टामा मधेशको एउटा केन्द्रमा धेरै भारी वर्षा मापन भएको छ भने विभिन्न ५ वटा केन्द्रमा भारी वर्षा मापन भएको छ । बाँकी तीन केन्द्रमा ठाउँमा पनि त्यसकै आसपास वर्षा भएको मापन गरिएको छ ।




जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा सिराहको सिराह हाइड्रो केन्द्रमा मापन भएको छ । उक्त केन्द्रमा धेरै भारी अर्थात १०१.६ मिलिमिटर वर्षा मापन भएको छ । २० घण्टामा १०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ ।

सिराहकै लहान केन्द्रमा ७७.२, गोलबजारको केन्द्रमा ५२.८, मिलिमिटर वर्षा भएको छ । यस्तै, सप्तरी मरमझिया केन्द्रमा ९३, रुपनी बजार केन्द्रमा ८२, कल्यानपुरमा ४९.४, धनुषाको हर्दिनाथमा ४७, तुलसी केन्द्रमा ४७.८, महोत्तरीको गौशालामा ५८, सर्लाहीको परवानीपुरमा ४८.४ मिलिमिटर वर्षा भएको छ ।

विभागका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी उदयपुरको गाइघाटमा १३२ मिलिमिटर वर्षा मापन भएको । झापाको अनरमणि बिर्तामा १२५, दमक ११२. ८ मिलिमिटर वर्षा भएको छ ।

शुक्रबार राति पनि मधेशमा भारी वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि मधेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

कालीगण्डकीमा आएको बाढी सतर्कताको तहमा

वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढी खतराको तह आसपास पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागले नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले सूचना जारी गर्दै पर्वत जिल्लास्थित कालीगण्डकी नदी, मोदीबेनी जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको तथा बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरेको हो ।



सम्बन्धित
Loading...