देवचुलीमा खानेपानी सरसफाई तथा स्वच्छता तालिम 


राजु चापागाई


देवचुली ।  खानेपानी सरसफाई तथा स्वच्छता  तालिम   देवचुलीमा सम्पन्न  भएको छ । देवचुली नगरपालिकाको समन्वयमा दिगो खानेपानी तथा क्षमता अभिवृद्धि परियोजना ( नापा वास ) को आयोजनामा देवचुली नगरपालिकाको वाड न ६,७,८ र ९ मा रहेका विद्यालयका विद्यार्थी ,अभिभावक तथा शिक्षकहरुका लागि भीमसेन आदर्श मा. वि. मा तालिमको आयोजना गरिएको हो । विद्यालयहरुमा खानेपानी तथा सरसफाईको अवस्था जानकारी लिने ,  खानेपानी सुधारका लागि गर्नुपर्ने कार्यहरुका बारेमा छलफल गर्नुका साथै सरसफाइसम्बन्धि जनचेतना जगाउने उद्देश्यले असार ४ देखि ६ गतेसम्म तालिमको आयोजना गरिएको परियोजना संयोजक  प्रवीण घिमिरेले बताउनुभयो ।
विद्यालयमा फोहोरमैला व्यवस्थापन , सुरक्षीत पिउने पानीको व्यवस्था , महिनावारी शिक्षा, सफा शौचालयका विषयमा छलफल गरी  विद्यालय खानेपानी तथा  सरसफाइ कार्ययोजना २०७६ निर्माण गरिएको सहभागी मनकामना आधारभुत विद्यालयका प्रधानाध्यापक धनमाया कडेरीयाले जानकारी दिनुभयो ।तालिमलाई सरसफाई  तथा स्वच्छता विज्ञ चन्द्र विष्टले सहजीकरण गर्नुभएको थियो ।  प्रत्येक विद्यालयबाट २ जना विद्यार्थी ,२ जना शिक्षक र १ जना विद्यालय व्यवस्थापन समिती सदस्य सहित ५ विद्यालयका २५ जनाको सहभागिता रहेको थियो  ।


सम्बन्धित
Loading...