चोरी गर्दै गरेको अवस्थामा नवलपुरको प्रगतिनगरबाट रंगेहात ३ जना पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको देवचुली नगरपालिका १५ प्रगतिनगरमा सोलर बत्तीको बेट्री चोरी गर्दै गरेको अवस्थामा ३ जनालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार ना १ ह ३३३६ नम्बरको मयुर गाडी नै बोकेर बेट्री चोर्दै गरेको अवस्थामा उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएको हो । यस अघि पनि उक्त क्षेत्रमा बेट्री चोरी भएको थियो ।
पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका ९ शक्तिखोर निवासी ३४ बर्षीय भिमबहादुर प्रजा, सोही ठाउँका ३१ बर्षीय पप्पु चेपाङ्ग र चितवनकै इच्छाकामना गाउँपालिका ७ निवासी २७ बर्षीइ डम्बर चेपाङ्गलाई पक्राउ गरेको हो ।
उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरमा ल्याएर राखिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले पोलमा चढ्न प्रयोग गरिने भ¥याङ्ग पनि बरामद गरेको छ ।
उनीहरुले यस अघि आज, हिजो र अस्ति पनि देवचुली नगरपालिका १० बाट सोलर ब्याट्री चोरेर लगेको स्थानीयले जनाएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।