कावासोतीमा नगर स्तरीय लाखेनाँच प्रतियोगिता हुने
नवलपुर । नवलपुरको कावासोतीमा भदौ १२ गते नगर स्तरीय लाखेनाँच प्रतियोगिता हुने भएको छ ।
भिमसेन कालिका नेवाः समाज कावासोती १४ त्रिभुवनटार र सनराइज युवा समन्वय समितिको आयोजनामा कावासोतीको त्रिभुवनटारमा लाखे नाँच प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा प्रथम हुनलाई २५ हजार र द्वितीय हुनेलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी सहभागी समूहहरुलाई यातायातको पनि व्यवस्था गरेको छ ।
त्रिभुवनटारमा केही बर्ष यता बर्षेनी लाखेनाँच प्रतियोगिता गर्ने गरिएको छ । कावासोती नगरपालिका भित्र रहेका नेवार समुदायका ८ वटा गुठीहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् ।