देवचुलीमा सवारी दुर्घटनामा एक जना घाइते
कुसुम परियार –
नवलपुर । नवलपुरको देवचुली नगरपालिका स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुदा एक जना घाइते भएका छन् ।
पिप्रहरदेखि फारमचोक आउदै गरेको ना ४९ प ४५७१ नं को मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकाल चालक जिल्ला चितवन रत्ननगर नगरपालिका १६ निवासी ३५ बर्षीय बिकाश कार्की घाइते भएका छन् ।
घाइतेको टाउकोमा चोट लागेकोमा उपचारको लागि पुरानो मेडीकल कलेज चितवन पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेको अवस्था बेहोस सिरियस रहेको र मोटरसाइकललाई प्रहरीको नियन्त्रणमा लिएको छ ।