कावासोतीका १५ बर्षीय बालक ३ दिन देखि वेपत्ता
कुसुम परियार –
नवलपुर । नवलपुरको कावासोती ५ सतिचोक निवासी १५ बर्षीय बालक ३ दिनदेखि वेपत्ता भएका छन् ।
बाबुराम परियार र श्रीमाया परियारका छोरा १५ बर्षीय राज परियार गत ३ दिनदेखि वेपत्ता भएको उनको आफन्तले जनाएका छन् ।
सेतो टिसर्ट र कालो पाइन्ट लगाएको अवस्थामा हराएका गहु गोरो वर्णका बालक राज परियारको खोजीका लागि उनको परिवारले आग्रह गरेका छन ।
आफन्तकोमा खोजी गर्दा पनि फेला नपरेको परिवारले जनाएको छ । कसैले देखे वा फेला पारे नजिकैको प्रहरी चौकी वा घरको मोबाइल नम्बर ९८१७५८१९३० र ९८६०७२०८५० मा सम्पर्क गरिदिनुहुन उनका आफन्तले आग्रह गरेका छन् ।