गैडाकोटमा स्कुटी दुर्घटना, २ जना घाइते

कुसुम परियार –
नलपपुर । नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्वर २ भृकुटी चोक स्थित पूर्व पश्चिम राजमार्गमा स्कुटीले साईकललाई ठक्कर दिदा साईकल यात्री सहित २ जना घाइते भएका छन ।
नारायणी नदी पुलबाट पश्चिम कालिगण्डकी चोकतर्फ आउँदै गरेको प्रदेश ३–०६–००१ प ८६७८ नं.को स्कुटीले सोही दिशातर्फ जॉदै गरेको साईकललाई ठक्कर दिंदा दुई जना घाइते भएका हुन् ।
दुर्घटनामा परी घाइते हुनेहरुमा साइकल यात्री गैडाकोट नगरपालिका १ धारापानी निवासी २० बर्षीय सचिन घर्ती मगर र स्कुटी चालक बुलिङटार गाउपालिका २ निवासी २२ बर्षीय मदन मुस्राङ्गी मगर रहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
साइकल यात्री सचिन घर्ती मगरको बाॉया र गाला दुबै खुट्टामा चोट लागेको छ भने स्कुटी चालक मदन मुस्राङ्गी मगरको मुख र निधारमा चोट लागेको छ । घाइते
दुवैको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।