नवलपुरको ३ छुट्टाछुट्टै ठाउमा भएको दुर्घटनामा ४ जना घाइते

कुसुम परियार –
नवलपुर । नवलपुरको ३ छुट्टाछुट्टै ठाउमा भएको दुर्घटनामा ४ जना घाइते भएका छन ।
नवलपुरको कावासोती नगरपालिका ८ खरकट्टा जंगलस्थित राजमार्गमा स्कुटर चालकले नियन्त्रण गुमाइ दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
कावासोतीबाट रजह तर्फ जाँदै गरेको ग.प्र.०४–००१ प ५०५० नं. को स्कुटर चालकले नियन्त्रण गुमाइ दुर्घटना हुँदा स्कुटर चालक नवलपुरको कावासोती नगरपालिका ६ निवासि ४० बर्षीया सरिता न्यौपाने घाइते भएकी हुन्। घाइतेको बाँया खुट्टा ,अनुहारमा चोट लागेकोमा अवस्था मध्यम रहेको र उपचारको लागि नारायणी सामुदायीक अस्पताल भरतपुर चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी नवलपुरको देवचुली नगरपालिका १ केउरेनी चोक पेट्रोल पम्पस्थित सडकखण्डमा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिदा २ जना घाइते भएका छन ।
रजहरदेखि दलदलेतर्फ जादै गरेको लु ८ प ३५५ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा पैदल यात्री देवचुली नगरपालिका ८ विशालटार निवासी ६५ बर्षीय ज्ञान बहादुर मगर र मोटरसाइकल चालक देवचुली नगरपालिका ९ निवासी २१ बर्षीय अमिर डिसुवा घाइते भइ देवचुली अस्पताल दलदलेमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी नवलपुरको देवचुली नगरपालिका ३ आम्बासचोकस्थित सडकमा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिदा पैदल यात्री घाइते भएका छन ।
आम्बासदेखी सिजितर्फ आउदै गरेको लु १७ प ७५७२ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा साइकल यात्री देवचुली नगरपालिका ३ निवासी ६० बर्षीय रामप्रसाद वाग्ले घाइते भइ उपचारको लागि पुरानो मेडिकल कलेज चितवन रिफर गरिएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल र मोटरसाइकल चालक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।