नवलपुरमा एक बर्षमा २८ जनाले नेपाली नागरिकता त्यागे




कुसुम परियार –
नवलपुर । नवलपुर जिल्लामा एक बर्षमा २८ जनाले नेपाली नागरिकता त्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय नवलपुरबाट आर्थिक बर्ष २०८१।०८२ मा १८ जना पुरुष र १० जना महिला गरी २८ जनाले नेपालीले नेपाली नागरिकता त्याग गरी गैह्र आवासीय नेपाली नागरिकता लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रशासकीय अधिकृत ज्योतिराज अर्यालका अनुसार आर्थिक बर्ष २०८१।०८२ मा २८ जनाले नवलपुरबाट गैर आवासीय नागरिकता नेपाली नागरिकता लिएका हुन् ।




त्यसैगरी आर्थिक बर्ष २०८१।०८२ मा जिल्ला प्रशासन कार्यालय नवलपुरबाट पुरुष भन्दा महिलाले धेरै नागरिकता लिएका छन् । ४ हजार ७ सय ४ जना महिला र ४ हजार ७९ जना पुरुष गरी ८ हजार ७ सय ८३ जनाले नेपाली नागरिकताको प्रमाण पत्र नयाँ लिएका छन् ।

ज्योतिराज अर्यालका अनुसार ४ हजार २ सय २० जना महिला र ४ हजार ८ सय ९२ जना पुरुष गरी ९ हजार १ सय १२ जनाले नागरिकताको प्रतिलिपी निकालेका छन् ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय नवलपुरबाट गत आर्थिक बर्षमा नयाँ नागरिकताको प्रमाण पत्र लिने भन्दा राहदानी लिनेको संख्या बढी रहेको छ ।

८ हजार ७ सय ८३ जनाले नवलपुरमा नेपाली नागरिकताको प्रमाण पत्र लिएकोमा १४ हजार २ सय १६ जनाले राहदानी लिएका छन् ।

५ हजार ७ सय ९० जना महिला, ७ हजार ९ सय १४ जना पुरुष र ५ सय १२ जना नाबालक गरी १४ हजार २ सय १६ जनाले राहदानी लिएका हुन् ।

त्यसैगरी १३ हजार ९ सय ४६ जना महिला, १० हजार पुरुष गरी २३ हजार ९ सय ४६ जनाले आर्थिक बर्ष २०८१।०८२ मा राष्ट्रिय परिचय पत्रका लागि फारम भरेको परेको जिल्ला प्रशासन कार्यालय नवलपुरको तथ्यांकमा उल्लेख रहेको छ ।

३ सय ५१ जना बालिका र ४ सय ४७ जना बालक गरी ७ सय ९८ जनालाई नाबालक परिचय पत्र वितरण गरेको जिल्ला प्रशासन कार्यालय नवलपुरले जनाएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय नवलपुरले गत आर्थिक बर्षमा ७ करोड ७१ लाख ४० हजार एक सय ७० रुपैयाँ राजश्व संकलन गरेको छ ।



सम्बन्धित
Loading...