रुपन्देही मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ स्थित मणिग्राममा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भई हाल तिलोत्तमा नगरपालिका–१४ तीनधुरा भलवारी बस्ने २० वर्षीय खेम भुसाल रहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बुटवलबाट भलवारीतर्फ जाँदै गरेको लु ४६ प ८२९१ नम्बरको मोटरसाइकल सोमबार बिहान मणिग्राममा आफै अनियन्त्रित भई पल्टिएको थियो ।
भुसाललाई उपचारको लागि क्रिमशन अस्पताल पुर्याइएकोमा तत्कालै मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।