नारायणी नदीमा एक जना महिलाको शव फेला




कुसुम परियार – 

नवलपुर । नवलपुरको कावासोती नगरपालिका १२ पिठौली स्थित नारायणी नदी किनारमा एक जना महिलाको शव फेला परेको छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी ४०/४५ बर्षीइ महिला जस्तो देखिने शव फेला परेको हो । शव सडिगली सकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

घटना स्थलको मुचुल्का तयार पार शव पोष्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



सम्बन्धित
Loading...