नारायणी नदी किनारमा बालकको शव फेला




रामकुमार श्रेष्ठ – 
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १२ भूपू नजिकै नारायणी नदी किनारमा एक जना बालकको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका १२ भूपू नजिकै नारायणी नदी किनारमा ९।१० बर्षको जस्तो देखिने पुरुष (बालक) को शव फेला परेको हो ।




शव सडिगलीसकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । आज दिउँसो सवा ३ बजेतिर बालकको शव फेला परेको हो । उनको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

घटना स्थल अरुणखोलाबाट ७ किमि उत्तरमा पर्दछ । घटना स्थलको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याइएको प्रहरीले जनाएको छ ।

हिजो मात्रै नवलपुरको कावासोती नगरपालिका १२ पिठौली स्थित नारायणी नदी किनारमा एक जना महिलाको शव सडिगली सकेको अवस्थामा फेला परेको थियो ।



सम्बन्धित
Loading...