नवलपुरमा दुई घटनामा दुर्ई जना घाइते

कुसुम परियार –
नवलपुर। नवलपुर जिल्लाका दुई स्थानमा आज भएको छुट्टा छुट्टै घटनामा परी २ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका ३ ढोडेनीमा रुखबाट लडेर एक जना घाइते भएका छन् ।
ढोडेनी निवासी ६६ बर्षीइ तिर्थराज पोख्रेल घर नजिकैको आफनै बारीमा टाँकीको रुपमा घाँस झार्ने क्रममा रुखबाट लडेर घाइते भएका हुन् । उनको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ भने घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी नवलपुरकै देवचुली नगरपालिका १६ रजहर चोकमा बलेरो गाडीको ठक्करबाट एक जना पैदल यात्री घाइते भएका छन् ।
बाग्मती प्रदेश ०६–००१ च ०२८२ नम्बरको बलेरो गाडीले पैदल यात्री देवचुली १६ निवासी ६७ बर्षीया खेमा कुमारी क्षेत्रीलाई ठक्कर दिएको हो ।
उनको टाउको, शरिर, बाया खुट्टामा भित्रि चोट लागेको र अवस्था मध्यम रहेको जनाएको छ । उनको उपचारको लागि मेट्रो इमेरजिङ् अस्पताल भरतपुर चितवन पठाईएको प्रहरीले जनाएको छ ।
बलेरो र बलेरो चालक प्रहरी नियन्त्रणमा रहेको नवलपुर प्रहरीले जनाएको छ ।