कावासोतीमा जिल्ला स्तरीय खुल्ला भोदीखेल प्रतियोगिता हुने




रामकुमार श्रेष्ठ – 
नवलपुर । नवलपुरको कावासोतीमा जिल्ला स्तरीय खुल्ला भोदी खेल प्रतियोगिता हुने भएको छ ।

कावासोती नगरपालिका १६ डण्डामा रेको थारु राष्ट्रिय संग्राहलय डण्डाको आयोजनामा संग्राहालयको मैदानमा भदौ १३ गते जिल्ला स्तरीय खुल्ला पुरुष तथा महिला भोदी खेलकुद प्रतियोगिता हुने भएको हो ।




थारु संग्राहालयमा आयोजित पत्रकार सम्मेलनमा थारु संग्राहलयका अध्यक्ष फनसराम महताले दिएको जानकारी अनुसार प्रतियोगितामा महिला र पुरुषका छुट्टाछुट्टै गरी ८० भन्दा बढी समूहको सहभागिता रहने छ ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले १५ हजार, तृतीय हुनेले ५ हजार पुरस्कार पाउने छन् भने सान्त्वना हुनेले २ हजार पुरस्कार पाउने छन् ।

त्यसैगरी महिलातर्फ प्रथम हुनेले ५ हजार, द्वितीय हुनेले ३ हजार र तृतीय हुनेले २ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

अनन्त चतुदर्शीको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । नवलपुरका थारु समुदाय माझ भोदी खेल प्रतियोगिता निक्कै प्रचलित रहेको छ । यो खेल द्वापर युगदेखि चलनचल्तीमा आएको मान्यता रही आएको थारु समुदायको अगुवा एवम् थारु कल्याणकारिणी सभा नवलपरासीको पूर्व अध्यक्ष गणेशमान महतोले बताए ।



सम्बन्धित
Loading...