गैडाकोटमा दुर्घटना २ जना घाइते

कुसुम परियार –
नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्वर १० सम्झना चोक स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिदा २ जना घाइते भएका छन ।
चितवनबाट कावासोतीतर्फ आउँदै गरेको ग.प्र.०४–००१ प २७५१ नं.को मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साईकललाई ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा साईकल चालक गैंडाकोट नगरपालिका वडा नम्वर ११ निवासी ५४ बर्षीय बाबुराम श्रेष्ठको टाउको र घुडामा चोट लागेको र साईकल पछाडि सवार निजको छोरी ८ बर्षीया दिक्षा श्रेष्ठको छाती र घुडामा चोट लागेकोमा प्रहरीले जनाएको छ ।
घाइते दुवैलाइ उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको गरिएको र घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल र मोटरसाइकल चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।