सडकमा घाइते भेटिएका पुरुषको उपचारको क्रममा मृत्यु

कुसुम परियार –
नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्वर ८ मौलाकालिका होटल अगाडि पुर्बपश्चिम राजमार्गमा घाइते अवस्थामा भेटिएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
सोमबार विहान सडकको बीच भागमा लडिरहेको अवस्थामा फेला परेकोमा उपचारको लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको नवलपुर प्रहरीले जनाएको छ ।
घटनास्थलमा सिसाको स–साना टुक्राहरु समेत फेला परेकोले सवारी साधनले ठक्कर दिएको जस्तो देखिएको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मृतक नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्वर ९ थुम्सी निवासी ७४ बर्षीय रत्न बहादुर पौडेल रहेको भनि निजको भान्जा नाता पर्ने कर्ण बहादुर रानाले सनाखत गरेको प्रहरीले जनाएको छ ।