कावासोतीमा पोथी गैडा मृत फेला




कुसुम परियार – 

नवलपुर । नवलपुरको कावासोतीमा एउटा पोथी गैडा मंगलबार मृत फेला परेको छ ।




चितवन राष्ट्रिय निकुञ्जका अनुसार मंगलबार विहान ७ बजेतिर कावासोती नगरपालिका १५ गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वन क्षेत्रको बाँणखोलामा गैडा मृत फेला परेको हो ।

अन्दाजी ३०–३५ बर्षको पोथी गैडा मृत अवस्थामा फेला परेको हो । उक्त गैडाकोट खाग र खुस सुरक्षित रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । गैडा मृत रहेको स्थानाीयले खबर गरेका थिए ।

उक्त गैडा श्री नयाँ गोरख गण पश्चिम सेक्टर ख गुल्म अमलटारी र निकुञ्ज कार्यालय कसरा भेटनरी सहितको टोली पोष्टमार्टमको लागि आउँदै गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।



सम्बन्धित
Loading...