देवचुलीमा दुर्घटना १ जना घाइते
कुसुम परियार –
नवलपुर । नवलपुरको देवचुली नगरपालिका १७ फारम स्थित पूर्व पश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल एक आपसमा ठक्कर खाइ सवारी दुर्घटना हुँँदा एक जना घाइते भएका छन् ।
नारायणगढबाट कावासोतीतर्फ आउँदै गरेको प्रदेश २–०३००१ ख ६२०४ न को ट्रक र विपरित दिशाबाट जाँदै गरेको ना ६२ प २१६७ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक गैडाकोट नगरपालिका १८ घुदिङ निवासी अन्दाजी १८ बर्षीया प्रेम बहादुर खाम्चा घाइते भइ उपचारको लागी पुरानो मेडिकल कलेज भतरपुर चितवन पठाईएको प्रहरीले जनाएको छ ।
घाइतेको टाउको, अनुहार र बायाँ हातमा चोट लागेको र अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुबै सवारी साधन र ट्रक चालक धनुषाको मिथला नगरपालिका ३ निवासी ३४ बर्षीय सन्तोष महरा इलाका प्रहरी कार्यालय रहजरले नियन्त्रणमा लिएको छ ।