खेतमा पानी लगाउने क्रममा लडेर गम्भीर घाइते




कुसुम परियार –  

नवलपुर । नवलपुरमा खेतमा पानी लगाउने क्रममा एक जना जेष्ठ नागरिक लडेर घाइते भएका छन् ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली नगरपालिका ६ कृतिपुर निवासी ६८ बर्षीइ निलम्बर सुनारी घाइते भएका हुन् ।

आज साँझ आफ्नै खेतमा पानी लगाउने क्रममा हिलोमा चिप्लिएर लडेर घाइते भएका हुन् ।

उनको टाउको र छातीमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उनको पुराना मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।



सम्बन्धित
Loading...