नवलपुर: सवारी दुर्घटनामा जेष्ठ नागरिक गम्भीर घाइते

कुसुम परियार –
नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ११ थरटाँडीमा भएको सवारी दुर्घटनामा परी एक जना जेष्ठ नागरिक महिला गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट ११ थरटाँडी स्थित भित्री सडक खण्डमा ना १९ प ८५१० नम्बरको मोटरसाइकलले सोही ठाउँका स्थानीय ७८ बर्षीया महिला पैदल यात्री कविसरा रानालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी घाइते रानाको गैडाकोट नगर अस्पताल भेडाबारीमा सामान्य उपचार पश्चात थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ ।
ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको छ ।