दुई मन्त्रीले गरेनन पहिलो निर्णयमा हस्ताक्षर
शिक्षामन्त्री महावीर पुनले पहिलो निर्णयमै हस्ताक्षर नगर्ने जिद्दी लिएपछि…
काठमाडौं । नवनियुक्त शिक्षामन्त्री महावीर पुनले पदभारग्रहण गरेका छन् । केशरमहलमा तयार पारिएको शिक्षा मन्त्रालयमा गएर उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि मन्त्रीलाई पहिलो निर्णयमा हस्ताक्षर गराउने प्रचलन छ । तर, मन्त्रीपुनले पहिलो निर्णयमा हस्ताक्षर नै गर्न मानेनन् । मन्त्रालयले वैज्ञानिकहरूको एउटा समिति बनाउने निर्णयमा मन्त्रीको सही गराउन खोजेको थियो । तर, मन्त्री पुनले यस्ता समिति कति बन्छन् कति भनेर हस्ताक्षर नगर्ने जिद्दी लिए ।
त्यसपछि कर्मचारीहरूले यो प्रक्रियागत कुरा भएको भन्दै निकै बेर सम्झाएपछि उनी तयार भए ।
कर्मचारीले ल्याएको निर्णयमा सञ्चारमन्त्रीले पनि हस्ताक्षर गरेनन्, अर्को प्रस्ताव ल्याउन निर्देशन
नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले पदभार ग्रहणपछि कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गर्न मानेनन् । उनले अर्को प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् ।