हत्यारालाई फासी दे भन्दै प्रहरी कार्यालय घेरे कावासोतीका महिलाहरुले




कुसुम परियार – 
नवलपुर ।
नवलपुरको कावासोतीमा एक जना पुरुषले आफ्नै श्रीमतीको हत्या गरेपछि विहीबार कावासोतीका महिलाहरुले जिल्ला प्रहरी कार्यालय नवलपुर अगाडि नाराबाजी गरेका छन् ।

उनीहरुले दोषीलाई कारवाही गर्नु पर्ने, हत्यारालाई फाँसी दिने कानुन ल्याउने पर्ने माग गर्दै प्रहरी कार्यालय अगाडि नाराबाजी गरेका हुन् ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती ८ ज्ञानोदय चोक नजिकै बुधबार साँझ सवा ६ बजेतिर श्रीमानले श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

कावासोती ८ निवासी ४५ बर्षीय सूर्य प्रसाद पाण्डेले आफ्नै श्रीमती ४० बर्षीया संगीता पाण्डेको हत्या गरेका हुन् ।
उनले आफ्नै घर भित्र श्रीमतीको हत्या गरेका हुन् । मृतकको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भएको नवलपुर प्रहरीले जनाएको छ ।

श्रीमान पाण्डेले श्रीमती पाण्डेको पेटमा चक्कु प्रहार गरेका थिए । घटना स्थलमा चक्कु समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गर्ने श्रीमान सूर्य पाण्डे अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको छ । प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ । श्रीमान र श्रीमती बीच घरायसी विवादका कारण झगडा हुँदा श्रीमानले श्रीमतीलाई चक्कु प्रहार गरेको स्थानीयलाई उद्दत गर्दै प्रहरीले जनाएको छ । श्रीमान सूर्य पाण्डे केही समय अगाडि बैदेशिक रोजगारबाट फर्केको बुझिएको छ ।

उनीहरुका १५ बर्षीय छोरी र ९ बर्षीय छोरा रहेका छन् ।



सम्बन्धित
Loading...