कावासोतीमा दुर्घटना १ जना गम्भीर घाइते, कालीगण्डकी कोरिडोरमा अर्का २ जना घाइते
कुसुम परियार –
नवलपुर । नवलपुरको कावासोती ८ खरखट्टा जंगलमा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
प्रगतिनगरबाट फलफूल चोक आउँदै गरेको ग.प्र. ०४–००१ प ३०११ नम्बरको मोटरसाइकल चालक कावासोती ८ इन्द्र चोक निवासी अन्दाजी ४०/४५ बर्षीय धु्रव अधिकारीले नियन्त्रण गुमाई मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक घाइते भएको नवलपुर प्रहरीले जनाएको छ ।
घाइतेको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भईरहेको छ ।
त्यसैगरी आज साँझ गैंडाकोट नगरपालिका ३ ढोडेनी स्थित कालिगण्डकी करिडोर सडक खण्डमा भएको अर्को सवारी दुर्घटनामा २ जना घाइते भएका छन् ।
गैंडाकोटबाट ढाप्लेतर्फ जाँदै गरेको प्र.नं.३–०३–००१ प ५६७५ नम्बरको. मोटरसाइकलाई बिपरित दिशा तर्फबाट आउँदै गरेको बा.प्र.०१२९ च २१४६ नम्बरको हाइलक्स गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक गैंडाकोट ३ बस्ने बर्ष २५ को रमेश सारु र मोटरसाइकल पछाडि सवारी १७ बर्षीया तुलसा सिंजाली भएका हुन् ।
घाइतेहरुको उपचारको लागि चितवन मेडिकल कलेज चितवनमा लगेको प्रहरीले जनाएको छ ।