नवलपुरमा दुर्घटना ३ जना घाइते




कुसुम परियार – 
नवलपुर । नवलपुरको देवचुली र गैडाकोटमा भएका दुई छुट्टा छुट्टै दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।

नवलपुर प्रहरीका अनुसार गएराति गैंडाकोट नगरपालिका वडा नम्वर ५ शिव आयल पेट्रोल पम्प नजिक पुर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम वुटवलतर्फ जादै गरेको लु २ च ८३४१ नम्बरको बोलेरो पिकअपले सोहि दिशातर्फ जाको ब प्र ००५ प ३८७४ नम्बरको स्कुटरलाइ पछाडीबाट ठक्कर दिइ दुर्घटना हुँदा स्कुटरमा सवार २ जना घाइते भएका छन् ।




दुर्घटनामा परी स्कुटरको पछाडी सवार गैंडाकोट २ निवासी २८ बर्षीय संजय थापा र स्कुटर चालक गैडाकोट १ निवासी ३१ बर्षीय सुनिल कुमार गुरुड घाइते भएका छन् ।

त्यसैगरी गएराति नवलपुरको देवचुली ११ कान्छिटोल स्थित भित्रि सडक खण्डमा भएको दुर्घटनामा १ जना घाइते भएका छन् ।

दलदलेबाट धारापानीतर्फ जाँदै गरेको ग.प्र.०४–००१६ ०५९८ नम्बरको अटोले पैदलयात्री स्थानीय मनिसा गुरुङकी छोरी ११ महिना बालिकालाई ठक्कर दिएको हो ।

उनको टाउकोमा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ ।



सम्बन्धित
Loading...