क्रुर सौतेनी आमा


८ बर्षिय छोरी र १२ वर्षिय सौतेली छोराछोरीलाई कुटपिट गरी यातना दिएको आरोपमा प्रहरीले देवदह नगरपालिका १० चरङ्गेका ३५ बर्षिय सौतेनी आमा डिलमाया सारुलाई उनकै घरबाट गिरफ्तार गरेको छ ।
उनलाई प्रहरीले आफ्ना दुई सौतेनी छोराछोरीलाई क्रुर यातना दिएको अभियोगमा पक्राउ गरेको हो ।
उनले पाइपले पिटेको दुई बच्चाको शरिर भरी डिलडाम देखिएको छ । बच्चा झोक्राउने र टोलाउने गरेको छ ।



सौतेनी आमा सारुले आफूले खाना बनाएर खाने तर बच्चाहरुलाई नदिने, घरबाहिर सुत्न लगाउने, घरको सबै काम गर्न लगाउने र यातना पनि दिने गरेको छिमेकीहरुले बताएका छन् ।
पीडित बालबालिका अनुसार उनले ति बच्चाहरुलाई सधैजसो कालो पाइपको लठ्ठीले कुटपिट गर्ने, बङगुरलाई खुवाउन ल्याएको विग्रिएको दाना खान दिने, चिउरामा रक्सी हालेर जवरजस्ती त्यसैसित खान लगाउने गर्दथे ।
गाउँले र छिमेकीहरुले पटक पटक संझाउँदा समेत पिटे त मेरै छोराछोरी पिटे भनी गाउँले र छिमेकीसँग झगडा गर्दे आइरहेकोले स्थानीय आशा पुनले बताइन् ।
घटनाका विषयमा पटक पटक टोल समाजले पनि सम्झाइयो तर यसले उल्टा सुल्टा बोलेर सरमको मर्नु गर्छे, टोल विकास संस्थाका अध्यक्ष ओम बहादुर रानाले भने । उनले भने संझाउन जाँदा उल्टै फसाउछे की भन्ने डरलाग्छ त्यस कारण पनि सहेर बसियो ।
पीडितकी आमा दुई वर्षको हुँदा छोडेर अर्के विवाह गरेपछि साना नानीहरु फुपु बसन्ती थापासँगै चरङ्गेमा बस्दै आएका थिए । दुई वर्ष अगाडी पीडितका बुवा जीत बहादुर सारुले डिलमायासँग दोस्रो विवाह गरेपछि उनीहरुलाई घरमा ल्याएका थिए ।

डिलमायाले जीतवहादुरसँग दोस्रो विवाह गरेकी थिइन् । उनले पनि २ सन्तानलाई छोडेर जीत बहादुरसँग विवाह गरेकी थिइन् । जीत बहादुर बैदेशिक रोजगारीका लागि दुवईमा गएका छन् । शारिरीक तथा मानसिक यातनाका कारण १२ वर्षिय सुशिल सारु र ८ वर्षिय श्रृजना सारु मानसिक रुपमा विक्षिप्त देखिन्छन् । प्रहरीको साहरामा पुगेपछि आफूहरु सौतेनी आमासँग नबस्ने र फुपुसँग राखिदिन आग्रह गरेको प्रहरीले जनाएको छ ।




घटनाका विषयमा ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले बालबालिकालाई क्रुर यातना दिएको पाइएको बताए ।
आरोपित सौतेनी आमालाई गिरफ्तार गरेर कारवाही प्रकृयामा अगाडी बढाइएको छ। डिएसपी भट्टराईले घटना गंभिर भएकोले त्यसको विषयमा थप अनुसन्धान भैरहेको बताए ।



सम्बन्धित
Loading...