मदिरा सेवन गरी घरमा आगजनी, श्रीमतीको घर भित्रै जलेर मृत्यु


दार्चुला । नौगाड गाउँपालिका २ सुण्डमुण्डुमा एक जनाले अत्यधिक मदिरा सेवन गरी घरमा आगजनी गरेका छन् । मदिरा सेवन गरी घर आएका अन्दाजी ३२ वर्षीय शेरसिह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएका उनका श्रीमती ३० वर्षीया विमला बडालको घर भित्रै जलेर मृत्यु भएको छ ।



शनिबार राती १२ बजे मदिरा सेवन गरी घर पुगेका बडालले घर परिवारसँग झगडा गरेका थिए । घरमा आएर झगडा गरेपछि पूरै परिवार घर छोडेर जंगल भागेको नौगाड गाउँपालिका २ का वडा सदस्य जयभानसिह ठगुन्नाले बताए । घरमा कोही नभएको भन्दै बडालले आफु सुत्ने कोठामा गएर आगो सल्काएका हुन् ।

घरमा आगो बलेको देखेपछि घर छोडेर भागेकाहरु फर्किएका थिए । बडालका श्रीमती घर भित्रको समान बाहिर निकाल्न भित्र पसेका थिए । घरभित्रको सामान निकाल्ने क्रममा आगोमा जलेर उनको घट्नास्थलमै ज्यान गएको ठगुन्नाले बताए । आगो भित्रबाट बाहिर निस्कन नसक्दा उनको ज्यान गएको हो ।



सम्बन्धित
Loading...