कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल




कुसुम परियार – 
कावासोती । नवलपुर जिल्लाको कावासोती नगरपालिका ३ सुकुम्बासी बस्ती निवासी सुस्मा सुनारको दुवै मृगौला फेल भएको छ ।

 

उनको विगत ९ महिनादेखि उपचार भईरहेको छ । दुवै मृगौला फेल भएकी सुस्मा सुनारको उपचारका लागि आर्थिक समस्या भएको उनका श्रीमान् सुमन विकले बताए ।




८ बर्षीय एक छोरा र ४ बर्षीया एक छोरी रहेका सुस्माको उपचारका लागि आर्थिक अभाव भए पछि उनको परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् ।

उनको अहिले मध्यविन्दु अस्पतालमा डाइग्लोसिस भईरहेको छ । उनको मृगौला प्रत्यारोपणका लागि काठमाडौं लैजान पर्ने तत्काल मृगौला फेर्नु पर्ने अवस्था भए पनि आर्थिक अभावका कारण मृगौला प्रत्यारोपणमा समस्या भएको सुमन विकले बताए । उनका श्रीमान भारतमा रोजगारीका लागि गएका थिए । श्रीमती विरामी भएको थाहा पाएपछि उनी अहिले घर फर्किएका छन् ।

उनको उपचारको लागि उनका श्रीमान सुमन विकको नाममा रहेको ज्याति विकास बैंकको खाता नम्बर ०७४०१८००७०१३५००००००१ मा रकम जम्मा गरिदिनुहुन अनुरोध छ ।



सम्बन्धित
Loading...