करेन्ट लागेर रूपन्देहीमा एक जनाको मृत्यु




विद्युतको करेन्ट लागेर रूपन्देहीको देवदहमा एक युवकको ज्यान गएको छ।

देवदह प्रहरी चौकीका अनुसार करेन्ट लागेर बुलिङटार नगरपालिका वडा नम्बर १ नवलपुर निवासी २९ वर्षीय देवबहादुर आलेको मृत्यु भएको हो।




प्रहरीका अनुसार देवदहको वडा नं ६ खैरेनीस्थित कृष्ण क्षेत्रीको घरमा झालर टाँग्ने क्रममा आलेलाई करेन्ट लागेको थियो।

देवदह प्रहरी चौकीका वरिष्ठ सई कवि सेन्चुरीका अनुसार क्षेत्रीको घरमा बिहेको लागि झालर टाँग्न गएका आलेलाई बिहीबार बिहान पौने १२ बजेतिर घरमाथि रहेको ११ केभिएको लाइनको झट्का लागेको थियो।

विद्युतको झट्का लागेर अचेत अवस्थामा रहेका आलेलाई उपचारको लागि देवदह मेडिकल कलेज भलुही पुर्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।



सम्बन्धित
Loading...