बुलिङटार गैडाकोट सम्पर्क समाजको अध्यक्षमा कमाल चयन

गैडाकोट । बुलिङ्गटार गैडाकोट सम्पर्क समाजको प्रथम अधिवेशन तथा साधरण सभा गैडाकोटमा भएको छ । अधिवेशनले ३ वर्ष कार्यकालका लागि खड्क वहादुर कमालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको दुइ उपाध्यक्षमा भगवान घिमिरे र दुर्गा वहादुर मश्राङ्गी मगर रहेका छन् । त्यस्तै महासचिवमा राजु पुरी, सचिवमा बेल वहादुर दरै, कोषाध्यक्षमा प्रिथ वहादुर रानामगर चयन हुनुभएको छ भने सदस्यहरुमा पूर्ण वहादुर डिसुवा मगर, शेर वहादुर खाण ठकुरी, राधा वस्ताकोटी, निशा पाटा, लोक प्रसाद रामदाम, कृष्ण प्रसाद लामिछाने, र विपिन रानाभाट चयन भएका छन् ।
त्यस्तै वैधानिक सल्लाहाकारहरुमा कृष्ण प्रसाद घिमिरे, ध्रवराज नन्द, चेसराम आले, डोलनाथ पाण्डे, होमराज रानाभाट, शशिकिरण वस्तोकोटी, टंक प्रसाद माकिम र मैना विक रहेका छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका सभासद कृष्णचन्द्र नेपाली, विष्णु लामिछाने, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आले, बुलिङ्गटार गाउँपालिकाका उपाध्यक्ष मैना विक, गैडाकोट ४ का वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपाने लगायतले बोलेका थिए ।