नवलपुरमा अटो र मोटरसाइकल एक आपसमा ठक्कर खांदा ७ जना घाइते




कुसुम परियार – 

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ बाह्रघरे स्थित भित्री सडक खण्डमा आज दिउँसो अटो र मोटरसाइकल एक आसपमा ठक्कर खाँदा ७ जना घाइते भएका छन् ।




इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार बाह्रघरेबाट दुम्किबासतर्फ आउदै गरेको लु. प्र. ०१–००१ ह १७४२ नम्बरको अटो र दुम्किबासबाट सर्दीतर्फ जादै गरेको प्रं ३–०३–००१ प ८५४२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको हो ।

दुर्घटनामा परी अटो चालक नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ सुनटाडी निवासी ६० बर्षीय हेम बहादुर गहतराज, मोटरसाइकल चालक विनयी त्रिवेणी ४ निवासी २८ बर्षीय विवेक भट्टराई, मोटरसाइकल पछाडि सवार ३७ बर्षीय कर्ण बहादुर विक घाइते भएका छन् ।

त्यसैगरी अटोमा सवार विनयी त्रिवेणी २ निवासी ५२ को यम बहादुर सिंजाली मगर, ५१ बर्षीया तुलसरा सिंजाली मगर, १८ बर्षीय जेम श्रीष मगर र ५७ बर्षीय भिम बहादुर सुनारी घाइते भएका छन् ।

दुर्घटना परी घाइते अटो चालकको चितवनमा र बाँकीको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...