सिजीमा करेन्ट लागेर एक जना मजदुर घाइते




नवलपुर । नवलपुरको देवचुली नगरपालिका २ सिजी फुड्स प्रालिमा मंगलबार विहान एक जना मजदुर घाइते भएका छन् ।

सिजी फुड्स प्रालिमा स्टिमको पाइपलाइन बनाउने क्रममा हाइटेन्सनको तारमा छुन गई एक जना मजदुर घाइते भएको प्रहरीले जनाएको छ ।




पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ३ निवासी २६ बर्षीय सन्दिप महतो करेन्ट लागि घाइते भएका हुन् । उनको शरिरको ३५ प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ ।

घाइते महतोलाई उपचारको लागी सरकारी अस्पताल भरतपुर चितवन लगिएको छ । घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...