नवलपुर काँग्रेसमा उम्मेदवार छान्न रस्साकस्सी, आज उम्मेदवार छान्दै

नवलपुर । नवलपुर जिल्लामा नेपाली काँगेसको तर्फबोट प्रतिनिधि सभा निर्वाचनको लागि उमेदवार छान्न रस्साकस्सी शुरु भएको छ । नवलपुरमा क्षेत्र नं. १ र २ दुवै क्षेत्रका लागि बुधबार उमेदवारको नाम टुंग्याउने भएको छ ।
मंगलबार नाम टुंग्याउनका लागि नेपाली काँग्रेस नवलपुर क्षेत्र नं. १ र २ को छुट्टाछुट्टै भेला बसे पनि नाम भने टुंगाउने सकेन नेपाली काँग्रस नवलपुरका अनुसार भेलामा आकांक्षीहरुको नामावली संकलन गर्ने काम भएको छ भने बुधबार क्षेत्रीय कार्यसमितिको वैठक बसेर नाम सिफारिस गर्ने छ ।
नेपाली काँग्रेस नवलपुर क्षेत्र नं. २ का सचिव राजु पाण्डेका अनुसार मंगलबार भएको भेलामा विष्णु कार्की, विष्णु लामिछाने, ओम थापा, शंकर तिवारी लगायत आकांक्षी देखिएका छन् । पाण्डेले बुधबार वैठक बसि अन्तिम नामावली टुंगो लगाई सिफारिस गर्ने जानकारी दिए ।
त्यसैगरी नवलपुर क्षेत्र नंं १ का सभापति अमृत भट्टचनले पनि नवलपुर क्षेत्र नं. १ बाट उम्मेदवारी दिने आकांक्षीहरुको नामावली संकलन भएको बताए । उनका अनुसार मंगलबार भेला बसी नामावली संकलन भएको हो ।
बुधबार वैठक बसी अन्तिम नामावली टुंगाएर सिफारिस गर्ने जनाएको छ । यस अघि नवलपुरका दुवै निर्वाचन क्षेत्र काँग्रसले जितेको यस जिल्लामा नवलपुर १ बाट काँग्रेसका नेता डा. शशांक कोइराला र नवलपुर २ विष्णु कार्की निर्वाचित भएका थिए ।