नारायणी भिडियो बनाउने क्रममा डुबेर मृत्यु 




कुसुम परियार  –

नवलपुर । नारायणी नदीमा भिडियो बनाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।




नवलपुरको गैडाकोट नगरपालिका ५ कुसुमघाट स्थित नारायणी नदीको किनारामा राईनो वाटर इन्टरटेनमेन्ट प्रा.लि.ले बनाउदै गरेको क्रुज अर्थात पानि जहाजमा काम गर्ने कर्मचारीको नदीमा डुबेर मृत्यु भएको हो ।

बैतडी जिल्लाको दश रथचन्द नगरपालिका ९ नागार्जुन बर्तौली निवासी अन्दाजी २१ बर्षीय युवक तरुण भण्डारीको मृत्यु भएको हो । भण्डारीले उनीसँगै रहेको साथीलाई आफ्नो मोबाईल दिई भिडियो बनाउन लगाई सोहि क्रुजबाट नारायणी नदीमा हाम फालेर डुबि बेपत्ता भएका नवलपुर प्रहरीले जनाएको छ ।

उनको शव घटनास्थलबाट २० मिटर दक्षिणबाट फेला पारी सुरक्षित साथ पानी बाहिर निकाली प्रारम्भिक अनुसन्धान कार्य गरी शव पोष्टमार्टमका लागि सरकारी अस्पताल भरतपुर चितवन पठाएको नवलपुर प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...