नेपाली कांग्रेस नवलपुर २ मा विष्णु कार्की सहित ३ जनाको नाम सिफारिस




रामकुमार श्रेष्ठ –  

नवलपुर । नेपाली कांग्रेस नवलपुर क्षेत्र नम्बर २ का लागि आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरेको छ ।




त्यसैगरी समानुपातिकतर्फ २ जना र राष्ट्रिय सभाको निर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको नेपाली काँग्रेस नवलपुर क्षेत्र नं. २ का सचिव इन्द्र फाल मगरले बताए ।

नेपाली काँग्रेस क्षेत्रीय समितिको लगातार ३ दिन बसेको वैठक पछि शुक्रबार प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पूर्व संघीय सांसद विष्णु कार्की, पूर्व प्रदेश सभा सदस्य विष्णु लामिछाने र काँग्रेस निकट नेपाल लोकतान्त्तिक आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष ओम घर्ती थापाको नाम सिफारिस गरिएको हो ।

त्यसैगरी समानुपातिक तर्फ देव नारायण महतो र लक्ष्मी मैनालीको नाम सिफारिस भएको सचिव इन्द्र फाल मगरले बताए ।

त्यसैगरी राष्ट्रिय सभाका उम्मेदवारका लागि सुमित्रा देवी खनाल, डा. प्राध्यापक ज्ञानेन्द्र पौडेल र दुर्गा बहादुर राना नाम सिफारिस भएको छ ।

यता नवलपुर क्षेत्र नं. १ को भने अझै नाम टंगो लागेको छैन । यस अघिको निर्वाचनमा नवलपुर क्षेत्र नं. १ र २ दुवै स्थानमा नेपाली काँग्रेसले जित हात पारेको थियो ।



सम्बन्धित
Loading...